नाकाबन्दीको विरोधमा बर्लिनमा प्रदर्शन

262
  •  
  •  
  •  

काठमाडौँ, ४ मंसिर(ओएनएस) : भारतीय नाकाबन्दीको विरोधमा जर्मनीमा बस्दै आएका नेपालीहरूले विरोध प्रदर्शन गरेका छन् । अघोषित नाकबन्दीको विरोधमा जर्मनीमा रहेका नेपालीहरूले बर्लिनस्थित भारतीय दुतावासमा पुगेर विरोध जनाएका हुन् ।

उक्त विरोध प्रदर्शनको नेतृत्व एनआरएनका प्रमुख संरक्षक जीवा लामिछानेले गरेका थिए । प्रदर्शनीमा जर्मनी, जर्मनीमा रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरू भारतीय दुतावास अगाडि जम्मा भएर भारतविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागी हुनकालागि जर्मनीका विभिन्न शहरहरूबाट नेपालीहरू बर्लिनमा जम्मा भएका थिए । उनीहरुले प्रदर्शनपछि नाकाबन्दीको विरोधमा भारतीय दूतावासलाई विरोध पत्र बुझाएका छन् ।

germany-protest germany-protest1

तस्विर: लुम्बिनीअनलाइन डट कम


  •  
  •  
  •