काठमाडौँ, २ मंसिर(ओएनएस) : भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा न्युयोर्क पनि विरोध प्रदर्शन गरिएको छ ।
अमेरिकामा रहेका नेपालीहरूले न्युयोर्क स्थित संयु्क्त राष्ट्र संघको मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । यसक्रममा गैर आवसीय नेपाली संघ अमेरिकाले संयक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
यसक्रममा गायक राम कृष्ण ढकालले राष्ट्रिय गीत गाएका थिए भने मनोज गजुरेलले पनि आफ्नो प्रस्तुती राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठले गरेका थिए । उक्त विरोध प्रदर्शनमा ५ सय भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो भने अमेरिकामा भारतीय सिखहरूले समेत विरोध प्रदर्शनमा एक्यवद्धता जनाउँदै सहभागी भएका थिए ।
तस्विर : प्रदीप थापाको फेसबुकबाट