भारतविरूद्व राजधानीमा प्रदर्शन

229
  •  
  •  
  •  

काठमाडौँ, ८ असोज(ओएनएस) : नेपाल मजदुर किसान पार्टी सम्वद्ध विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ तथा नेपाल क्रान्तिकारी युवा संघले आज राजधानीमा भारतविरूद्ध प्रदर्शन गरेको छ । विद्यार्थी संघले भारतीय राजदूतावास घेराऊँ गर्दै पछिल्लो समय भारतले गरिहेको हस्तक्षेप तथा अघोषित रूपमा गरेको नाकाबन्दीको विरोध गरेका थिए ।

दूतावास घेराऊ  गर्ने क्रममा प्लेकार्ड, ब्यानर बोकेर ‘विदेशी हस्तक्षेप बन्द गर !, नेपाली भूमीमाथिको अतिक्रमण बन्द गर !, भारतीय बिस्तारवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए । यस्तै, उनीहरूले दूतावाससमक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।

Prorest against india (1) Prorest against india (4) Prorest against india (3) Prorest against india (2)


  •  
  •  
  •