अब संविधान यसरी

158
  •  
  •  
  •  

CA-building-Dark-cloudकाठमाडौ, १२ माघ(ओएनएस) : संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षीको विरोधकाबीच गठन गरेको प्रस्ताव समितिको पहिलो बैठक माघ १७ गते बस्ने भएको छ ।

पहिलो बैठकमा सामान्य कार्यविधिमा छलफल हुने र पुनः ५ दिनपछि समितिलाई प्रश्नावली बनाउन समय दिइने छ । सभाध्यक्षका अनुसार प्रश्नावली बनाउन दिइने ११ दिनभित्र एमाओवादीलगायत विपक्षी मोर्चालाई सहमति गर्नका लागि समय दिइएको हो । 

सभाध्यक्ष नेम्वाङले ११ दिनभित्र पनि सहमति हुन नसके संविधानसभामा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा देखिएका विवादमा वस्तुगत प्रश्न पेश हुने बताएका छन् । यसबीचमा प्रश्नावली समितिले प्रश्नहरू तयार गरेर मस्यौदा समितिमा पठाउने छ ।

मस्यौदा समितिले तयार पारेको पहिलो मस्यौदालाई राजपत्रमा प्रकाशित गरिनेछ । यस्तै, उक्त मस्यौदालाई संविधानसभाको नागरिक सम्बन्ध समितिमार्फत जनताको राय-सुझाव लिन गाउँगाऊँ पठाइने छ । नागरिकको रायसुझावपछि उक्त विषयमा प्रतिवेदन तयार गरी संविधानसभाको बैठकमा मस्यौदासहित पेश गरिनेछ ।

उक्त मस्यौदामाथी छलफल गरी मस्यौदा परिमार्जन गरेर विधेयक संविधानसभाको बैठकमा पेश गरिनेछ । बैठकमा छलफलका क्रममा सर्वसम्मति हुन नसके उक्त विषयलाई दुई तिहाईले पारित गर्नका लागि सभाध्यक्षले भोट गर्ने निर्णय गर्नेछन् ।


  •  
  •  
  •