काठमाडौ, १७ माघ(ओएनएस) : प्रश्नावली निर्माणलागि गठन गरिएको प्रस्ताव निर्माण समितिको पहिलो बैठक २० मिनेट बसेर सम्पन्न भएको छ । प्रमुख प्रतिपक्षी एमाओवादीसहित विपक्षी दलको बहिष्कार बावजुद बसेको बैठकले कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतले कांग्रेस सभासद् कुलबहादुर गुरूङले गरेका थिए । समितिको अर्को बैठक आइतबार १ बजे बस्ने तय गरिएको छ ।
बैठकले कार्यविधी तयार पारेर पेश गर्ने जिम्मा उपसमितिलाई दिएको छ । ७३ सदस्यीय समितिमा कांग्रेस-एमालेलगायत सत्तापक्षीय दलका ४९ सदस्य मात्र रहेका छन् । २४ जनाको सदस्य विपक्षी मोर्चाका दलहरुबाट आउनुपर्ने भएपनि उनीहरुले प्रक्रियाको विरोध गर्दै संविधानसभा र संसद बहिष्कार गरेपछि समितिले पूर्णता पाउन सकेको छैन् ।
गत ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विपक्षी दलको बिरोधबीच प्रस्ताव निर्माण समिति गठनको आफैंले घोषणा गरेका थिए । नेम्वाङले विपक्षी दललाई सोही दिन नाम उपलब्ध गराउन आग्रह गरेका थिए ।