पोर्न साइटमा आफ्नै अश्लिल भिडियो देखेपछि…

236
  •  
  •  
  •  

काठमाडौं, २१ असार (एजेन्सी) । भारतको अहमदावाद सहरमा बस्ने एक विवाहिता जोडी त्यतिबेला छक्क परे, जतिबेला आफ्नै अश्लिल भिडियो एउटा पोर्न साइटमा भेटियो । ती विवाहिता जोडीले उक्त भिडियो ६ वर्ष पहिला आफैंले बनाएका रहेछन् । उक्त भिडियो पोर्न साइटमा देखेर हैरान भएका यी दम्पत्तिले पुलीसको साइवर सेलमा आफ्नो उजुरी दर्ता गराएका छन् । उक्त भिडियो सो साइटमा कसरी राखियो भनेर पुलिसले छानविन सुरु गरेको बताइएको छ ।

जानकारी अनुसार यो जोडीले २० वर्ष पहिला विवाह गरेको थियो । उनीहरुको २ वटा सन्तानसमेत छन् । जो अहमदावादको प्रतिष्ठित शिक्षण संस्थामा अध्ययन गर्छन् । जानकारी अनुसार ६ वर्ष पहिला पति पत्नीले आफ्नो प्रेमालापको भिडियो मोवाइल फोनमा रेकर्ड गरेका थिए । केही दिनपछि पतिले आफ्नो मोवाइल फोन परिवर्तन गरे । तर, फोनमा रहेको मेमोरीकार्ड निकाल्न विर्सिएछन् । त्यही मेमेरीकार्डमा त्यो भिडियो थियो ।

सात दिन पहिला यो जोडीलाई आफ्नो एक मित्रले उक्त भिडियो एक पोर्न साइटमा रहेको बताएका थिए । यो जोडीले उक्त पोर्न साइट हेरेपछि तीन छक्क परे । एक मित्रको माध्यमबाट ती जोडीले पुलिसको एक उच्च अधिकारीसँग सम्पर्क गरेपछि तीनै पुलिस अधिकारीको सल्लाह बमोजिम उजुुरी दर्ता गराएका छन । ती जोडीले आफ्नो नोकरमाथि शंका गरेका छन् ।


  •  
  •  
  •