काठमाडौं, २२ माघ (ओएनएस) : मन्त्रिपरिषद् बैठकले १६ सहसचिवलाई बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले १६ सहसचिवलाई बढुवा गर्ने निर्णय गरेको हो । सरकारले कांग्रेस र एमालेबीच भागबन्डाका आधारमा १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरिष्ठताका आधारमा बढुवा भएका तीन, मधेसी कोटाबाट एक र लेखा परीक्षण सेवाबाट बढुवा भएका एकजनाबाहेक अन्यमा राजनीतिक भागबन्डा गरेको हो।
बढुवा हुने सहसविचहरू को को छन् ?
- टंकमणि शर्मा
- श्रीधर सापकोटा
- दिनेश थपलिया
- नवराज भण्डारी
- ईश्वरीप्रसाद पौडेल
- सुरेशप्रसाद आचार्य
- प्रेमकुमार राई
- खुमराज पुञ्जाली
- लक्ष्मणप्रसाद मैनाली
- शरदराज विष्ट
- गजेन्द्र ठाकुर
- सुनिलबहादुर मल्ल
- विजयकुमार मल्लिक
- ईश्वरराज श्रेष्ठ
- रामकुमार आचार्य र
- राजन खनाल
यस्तै, मन्त्रीपरिषद्ले एक सचिवको पदस्थापना गर्ने निर्णय गरेको छ ।