गिरी नेपाली सेनाको उपरथीमा बढुवा

211
  •  
  •  
  •  

काठमाडौँ, २ जेठ(ओएनएस) : नेपाली सेनाका सहायक रथी शरदकुमार गिरी उपरथीमा बढुवा भएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार गिरीलाई आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले गिरीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रीपरिषदकै निर्णय अनुसार उनले उपत्यका पृतना प्रमुखको रुपमा जिम्मेबारी संहाल्नेछन् ।

त्यस्तै, आजै आयोजित कार्यक्रममा मन्त्रीपरिषदको निर्णयबाट बढुवामा परेका महासेनानीहरु ताराध्वज पाण्डे, विनोद पाण्डे, निरञ्जन कुमार श्रेष्ठ र अशोक सिग्देललाई सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


  •  
  •  
  •