राष्ट बैंकको स्पष्टिकरणपछि शेयर बजारमा सुधार

77
  •  
  •  
  •  

काठमाडौं ११ भदौ (ओएनएस) ः बैंक तथा बित्तिय संस्थाले शेयरमा गर्ने लगानीको अनुपात घटाउन दिएको निर्देशनबारे राष्ट बैंकले स्पष्ट पारेपछि शेयर बजारमा सुधार देखिएको छ ।

दुई दिनसम्म भारी गिरावट आएको शेयर बजार बुधवार देखी बढ्न सुरु गरेको छ । सोमबार ३८ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से बुधवार झण्डै समान अंकले बढेको छ । ३६ दशमलव ६२ अङ्कले बढेर नेप्से ९ सय ६० दशमलव ४३ बिन्दुमा पुगेको छ ।

सोमबार ३८ अंकले घटेको नेप्से मंगलवार २६ अङ्कले तल झरेको थियो । नेप्से उकालो लागेपछि कारोबार रकममा पनि बृद्धि भएको छ । बीमा  समूहमा २ सय ४८ तथा जलविद्युत् समूहमा १ सय ७८ अंकको सुधार आएको छ ।

बैंकिङ समूहमा ३६ अंकको सुधार आएपनि होटल समूह भने झिनो ढंगले ओरालो लागेको छ । यसअघि राष्ट बैंकले बैंक तथा बित्तिय संस्थाले शेयरमा गर्ने लगानीलाई ३० प्रतिशतबाट १ प्रतिशतमा झार्न निर्देशन दिएको थियो ।

राष्ट बैंकले मंगलवार विज्ञप्ती जारी गर्दै सो निर्णय पुरानै व्यवस्था  भएको भनेर स्पष्टीकरण दिएपछि लगानीकर्ताको मनोबल बढेको हो ।


  •  
  •  
  •