काठमाडौं २८ चैत ।
सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरवर आवागमनमा अवरोध पुग्नेगरी सार्वजनिक स्थलमा सांस्कृतिका कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ ।
पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवगमनमा अवरोध पुग्ने गरी कुने पनि संस्कृतिक कार्यक्रम भोजभतेर, होहल्लालगायतका गतिविधि गर्न रोक लगाएको छ ।
काठमाडौंका विभिन्न पर्व समारोहबाहेक अंग्रेजी तथा नेपाली नयाँ वर्षमा ठमेल, दरबारमार्ग, लाजिम्पाट, नयाँसडकलगातका स्थान पर्यटकका लागि मनोरञ्जन लिने क्षेत्र मानिन्छ । कारोबारबाट