सिटिजन्स बैंकको खुद मुनाफा ४५ करोड ७८ लाख

174
  •  
  •  
  •  

काठमाडौं, ७ बैशाख (ओएनएस) : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस आर्थिक वर्षको ९ महिनामा ४५ करोड ७८ लाख खुद मुनाफा गरेको छ । सिटिजन्सले अघिल्लो वर्षको यहि अवधिमा भन्दा ५० दशमलव ५ प्रतिशत बढी खुदमुनाफा गरेको प्रवक्ता गणेशराज पोखरेलले बताए ।

‘गएको आर्थिक वर्ष २०७० को चैतमसान्तसम्ममा ३० करोड ४० लाख खुद मुनाफा रहेकोमा यो वर्ष ५० दशमलव ६ प्रतिशतले बढेर ४५६ करोड ७८ लाख पुगेको छ ।’ प्रवक्ता पोखरेलले भने, ‘आर्थिक वर्ष २०७० को चैतमसान्तसम्ममा ७० करोड १९ लाख रहेको सञ्चालन मुनाफा पनि १५ दशमलव ८ प्रतिशतले बढेर ८१ करोड २९ लाख पुगेको छ ।’

२०६४ साल बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार सुरु गरेको सिटिजन्स बैंकले ४७ वटा शाखा र ४३ वटा एटिएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले जलविद्युत क्षेत्रको विकासमा एक अर्ब ५४ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईले बताए ।

उनले भने, ‘चैत मसान्तसम्ममा हाइड्रो पावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा एक अर्ब ८५ करोडमध्ये एक अर्ब ५४ करोड रुपैंयाँ कर्जा प्रवाह गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पुर्याइएको छ । जसबाट १० मेगावाट, ३ दशमवल ५ मेगावाटको चरनावती हाइड्रोपावर, एक मेगावाट क्षमताको माथिल्लो हाँडीखोला हाइड्रोपावर निर्माण सम्पन्न भैसकेको छ ।’

सिटिजन्सले चैत मसान्तसम्ममा ७ सय ६० वटा साना तथा मझौला व्यबसायका लागि २ अर्ब ३८ करोड रुपैंयाँ लगानी भएको प्रवक्ता तथा नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए । उनले भने, ‘२ हजार ९ सय २१ वटा फास्ट ट्रयाक लोन कर्जा शीर्षक अन्तर्गत ९७ करोड १८ लाख र एक अञ्चल एक उत्पादन को ५० वटा परियोजनामा ६ करोड ४५ लाख कर्जा प्रवाह भएको छ ।’

यस आर्थिक वर्षको ९ महिनामा बैंकले २८ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको आठौं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकले आगामी वर्ष पनि साना तथा घरेलु उद्योग र कृषि क्षेत्रमा लगानी बृद्धि गर्ने जनाएको छ । बैंकले आठौं वार्षिकोत्सवको अवसरमा माथिल्लो डोल्पाका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको संस्था स्नो याक फाउण्डेशन र मृगौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीको सहयोगका लागि आरोग्य फाउण्डेशनलाई एक एक लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

त्यस्तै १० जना गरिब, पिछडीएका तथा जेहेन्दार विद्याथीृको छात्रवृत्तिका लागि बालविकास समाजलाई ७५ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको प्रवक्ता पोखरेलले बताए । बै.कले नेपाल राष्ट्र बैंकलगायत सम्पूर्ण नियमनकारी निकायबाट जारी भएका नीति निर्देशनको पालना गरी संस्थागत सुशासनको स्तरलाई उच्च प्राथमिकतामा राखेको कार्यवाहक अध्यक्ष प्रसाइँले बताए ।

उनले भने, ‘नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको स्प्रिड ५ प्रतिशतमा कायम गर्नु पर्ने विभिन्न किसिमका फि तथा शुल्कहरु ग्राहकबाट अशुल्न नपाइने भएकोले आगामी वर्ष मुनाफा बृद्धि गर्नु चुनौतीपूर्ण हुनेछ । राष्ट्र बैंकले जोखिम व्यवस्थापनमा नीति परिवर्तन गरी शुक्ष्म निगरानी (वाच लिस्ट) को व्यवस्था थप गरेको कारणबाट पनि बै.कको मुनाफामा प्रतिकुल असर पुग्ने देखिन्छ ।’

बैंकले ४७ वटा शाखा, ४३ वटा एटिएम तथा शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत उपत्यकाभित्र १६ र उपत्यका बाहिर एकसय ८६ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।


  •  
  •  
  •