खतरनाक विकिरण बाटोबाटै हरायो, देख्नेले नछुनु, अङ्गभङ्ग र क्यान्सर हुन सक्छ

363
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख : चितवनको भरतपुस्थित बीपी कोइराला ममोरियल क्यान्सर अस्पतालले उपयोगपछि फिर्ता पठाएको रेडियोधर्मी पदार्थ राजधानी ल्याउँदै गर्दा बाटैबाट हराएको छ।
क्यान्सर रोगीको उपचार उपकरण ब्रेकी थेरापी मेसिनमा प्रयोग हुने स्रोत सोर्स इरेडियम १९२ नारायणगढदेखि कलंकीबीचको राजमार्गबाट बेपत्ता भएको हो।
हराएको पदार्थ सेतो बाल्टिनमा छ। बाल्टिनभित्र राखिएको स्रोत स्टिलको तार जस्तो छ। करिब १५ किलोेको बाल्टिन बाहिर रेडिएसन चिन्ह छ। हराएको रेडियोधर्मी पदार्थबाट उत्पन्न हुने विकिरण घातक हुने भएकाले अस्पतालले खोजी गर्न प्रशासनलाई आग्रह गरेको छ।
विकिरणको सर्म्पकमा आउने व्यक्तिको अंगभंग वा क्यान्सर हुन सक्ने भन्दै बिशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। यसको प्रत्यक्ष सम्पर्कवाट टाढै रहन उनीहरुले सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।
कान्तिपुरबाट

  •  
  •  
  •