संसदमा एमाले सभासदको प्रश्न :

148
  •  
  •  
  •  

काठमाडौं, २३ साउन (ओएनएस) : गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को हत्या सम्बन्धमा गृहमन्त्री वामदेव गौतमको जवाफप्रति नेकपा एमालेका सभासद्रुले आपत्ति जनाएका छन् । व्यबस्थापिका संसदको शुक्रवारको बैठकको विशेष समयमा एमालेका सभासद्हरुले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताएका हुन् ।

‘गृहमन्त्रीको जवाफप्रति आपत्ति जनाउन चाहान्छु, सभासद् प्रेमबहादुर आलेले भने, सर्वोच्च अदालतले सर्वश्व सहित जन्मकैद फैसला गरेका व्यक्ति शीर उठाएर हिडेका छन्, त्यस बारेपनि जवाफ चाहियो ।’ उनले चरीको फिल्मी शैलीमा हत्या गरिएको दाबीगर्दै घटनामा संलग्न प्रहरी अधिकारीमाथी कारवाही गर्न माग गरे । ‘डनलाई पनि कारवाही गर्ने कानून छ, डन भन्दैमा गोली हान्न पाइन्न’ उनले भने ।

नेकपा एमाले धादिङ क्षेत्र नं १ का सभासद धनबहादुर घलेले दिनेश अधिकारी चरीको नियोजित हत्या गरिएको आरोप लगाए । ‘दोहोरो भीडन्तमा मारिएका भनिएको छ, त्यसो हो भने उनलाई पछाडीबाट गोली लाग्नु पर्ने हो, सभासद घलेले प्रश्न गरे, आजकाल त्यस्तो हतियार आएको छ, पछाडीबाट हानेको गोली फर्केर छातीमा लागोस !’ उनले घटनामा संलग्न प्रहरी अधिकारीलाइ निलम्बन गरेर घटनाको छानविन गर्न माग गरे ।

यो पनि पढ्नुस्

चरी जवाफी कारबाहीमा मारिएका हुन् : गृहमन्त्री


  •  
  •  
  •