भाटभटेनी र एनसेल सर्वोत्कृष्ट कम्पनी

105
  •  
  •  
  •  

काठमाडौं २७ भदौ ।
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर नेपालको सर्वाेत्कृष्ट कम्पनी घोषित भएको छ । बिहीवार राजधानीमा न्यू बिजनेश एज प्रालिको आयोजनामा भएको दोस्रो एशियन पेण्ट्स न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१४ मा भाटभटेनी ‘बेष्ट म्यानेज्ड कम्पनी अफ द इअर २०१४’ घोषित भएको हो । बेष्ट म्यानेज्ड ज्वाइण्ट भेञ्चर कम्पनी अफ दि इअर २०१४ को उपाधि एनसेलले पाएको छ । वरिष्ठ उद्योगपति तथा व्यवसायी इन्द्रभक्त श्रेष्ठ लाइफटाइम एचिभमेण्ट अवार्डबाट सम्मानित भए । उनी नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्शका संस्थापक हुन् भने ती दुवै संस्थाका अध्यक्ष पनि रहिसकेका व्यक्ति हुन् । न्यू बिजनेश एजले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार विभिन्न ११ विधामा कम्पनीहरू तथा व्यक्तिले प्राप्त गरे ।

वित्तीय संस्थातर्फ सर्वोत्कृष्ट वाणिज्य बैङ्क (बेष्ट म्यानेज्ड कमर्शियल बैङ्क) को उपाधि स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडले प्राप्त गर्‍यो । त्यस्तै, विकास बैङ्कतर्फ त्रिवेणी विकास बैङ्क र फाइनान्स कम्पनीतर्फ नारायणी–नेशनल फाइनान्स कम्पनी लिमिटेड उत्कृष्ट बने । लघुवित्त कम्पनीतर्फ बेष्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनीको उपाधि साना किसान विकास बैङ्क लिमिटेडले प्राप्त गर्‍यो । जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा क्रमशः उत्कृष्ट कम्पनीका रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पुरस्कृत भएका छन् । लघुवित्त सेवा शुरू गरी यस क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत निर्धन उत्थान बैङ्कलाई पनि विशेष सम्मान गरियो । त्यस्तै, विदेशी बीमा कम्पनीको शाखा खोली विशेष योगदान पुर्‍याएबापत नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पनि सम्मान गरियो ।

विभिन्न ११ विधामा प्रदान गरिएको पुरस्कारका लागि क्षेत्रगत निर्णायक मण्डल थिए । लाइफटाइम एचिभमेण्ट अवार्डको छनोटको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपाल–भारत उद्योग वाणिज्य सङ्घका अध्यक्ष शशिराज पाण्डे थिए । त्यस्तै, उत्कृष्ट नेपाली तथा संयुक्त लगानीको कम्पनी छनोट समितिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली, चार्टर्ड एकाउण्टेण्ट मदन शर्मा, पूर्वबैङ्कर अम्बिका श्रेष्ठ तथा कर्पोरेट अधिवक्ता महेश थापा थिए । उत्कृष्ट वित्तीय संस्था छनोट समितिमा भने उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा, चार्टर्ड एकाउण्टेण्ट सुदर्शनराज पाण्डे तथा पूर्वबैङ्कर तथा चार्टर्ड एकाउण्टेण्ट अनलराज भट्टराई थिए ।

‘उत्कृष्ट कम्पनीहरू छनोट गर्ने कार्य उनीहरूले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको आधारमा अत्यन्तै निष्पक्ष ढङ्गबाट भएको छ,’ वित्तीय संस्थाको निर्णायक मण्डलका अध्यक्ष कृष्णहरि बास्कोटाले भने ।

यस किसिमको कार्यक्रमले निजीक्षेत्रलाई उत्साह प्रदान गर्ने उत्कृष्ट नेपाली तथा संयुक्त लगानीका कम्पनीको निर्णायक मण्डलका अध्यक्ष डा. चिरञ्जीवी नेपालले बताए । नेपालको चेम्बर आन्दोलनका अगुवा तथा नेपाल चेम्बर अफ कमर्श तथा उद्योग वाणिज्य महासङ्घका संस्थापकमध्येका एक मात्रै जीवित व्यवसायी इन्द्रभक्त श्रेष्ठले लाइफटाइम एचिभमेण्ट अवार्ड पाउँदा निजीक्षेत्रले नै गौरवानुभूति गरिरहेको महासङ्घ अध्यक्ष पाण्डेले बताए । तीनओटै विधामा उत्कृष्ट कम्पनी तथा व्यक्ति छनोटका लागि बहुपरिसूचकसहितको फरकफरक मापदण्ड तय गरिएको थियो ।

नेपाली मौलिक स्रोतको लगानी तथा यहाँकै स्थानीय शैलीको व्यवस्थापनलाई पुरस्कृत गरिएकोमा आपूmलाई गर्व लागेको उत्कृष्ट कम्पनी भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए । आफूले गरेको कामले सम्मान पाउँदा अत्यन्तै उत्साहित भएका छौं,’ उनले भने, ‘यसले हामीलाई थप जिम्मेवारीबोध गराएको छ ।’
आफूले पुरस्कार पाउनका लागि काम गरेको नभए पनि पुरस्कारले उत्पे्ररणा प्रदान गरेको संयुक्त लगानीतर्फको उत्कष्ट कम्पनी एनसेल नेपाल प्रालिका कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन् । अभियानबाट


  •  
  •  
  •