प्रियंकालाई तीज ‘बकवास’ लाग्छ रे !

89
  •  
  •  
  •  

काठमाडौँ, ६ भदौ : नेपाली चेलीलाई तीजको चहलपहलले छोपेको छ । देशदेखि बिदेशसम्म नेपाली चेली रातो साडीमा सजिएको देखिन्छ । अधिकांश नेपाली गायक गायिका र अभिनेत्री तीजको कार्यक्रमका लागि बिदेश पुगेकाछन् । तर अहिलेकी बोल्ड अभिनेत्री प्रियंका कार्कीलाई भने तीज ‘बकवास’ लाग्छ । उनले अहिलेसम्म तीज मनाएकी छैनन् रे ।

Priyanka-Karki-300x250‘मैले अहिले सम्म तीज मनाएको छैन । मलाई मनाउने शैली नै बकवास लाग्छ ।’ भन्दै उनले तीजका बिषयमा आफूलाई कुनै चासो नभएको धारणा व्यक्त गरिन् । ‘अरुले तीज मनाएकोमा मेरो आपत्ती छैन् तर मलाई मन पर्दैन ।’ उनले अहिलेसम्म तीजका नाममा न ब्रत बसेकीछन्, न त कुनै कार्यक्रममा सहभागिता जनाएकीछन् ।

पुरुषका लागि ब्रत बस्ने प्रचलनको उनले ठाडो आलोचना गरिन् । ‘अहिलेको भड्किलो तीज त उनलाई मन नै पर्दैन । मैले अहिलेसम्म तीजको गीत हेरेको पनि छैन्, सकेसम्म काममै रमाउने बानी छ मेरो,’ भन्दै उनले अहिलेसम्म कुनैपनि भगवानका नाममा ब्रत नबसेको जानकारी दिइन् । सुटिङमा व्यस्त रहेकी यी अभिनेत्रीको ‘माला’, ‘सुन्तली’, ‘सन्को’ लगायतका फिल्म रिलिजको क्रममा छन् ।

priyanka 3


  •  
  •  
  •