दुब्लाउँदै नायिका प्रियंका चोपडा

135
  •  
  •  
  •  

priyanka chopraपूर्व मिस वर्ल्ड तथा नायिका प्रियंका चोपडा अहिले डाइटिङमा छिन् । पातलो कम्मर भएकी नायिकाका रूपमा चिनिने प्रियंकाले आफ्नो शरिरलाई थप पातलो बनाउन जुटेकी हुन् । उनले जोया अख्तरको नयाँ चलचित्र ‘दिल धडक्ने दो’ मा आफूलाई पातलो देखाउनका लागि प्रियंकाले डायटिङ सुरू गरेकी हुन् ।

निर्देशक जोया अख्तरले प्रियंकाको तौल कम होस् भन्ने चाहेपछि प्रियंकाले आफ्नो तौल घटाउनतर्फ लागेकी हुन् । आफूले चलचित्रका लागि तौल घटाउन लागेको बताउँदै भनेकी छिन्, ‘जोयाले मलाई आफ्नो तौल घटाउनका लागि सचेत गराएकी छिन् । म धेरै मोटी त छैन्, तर चलचित्रका लागि आवश्यक पर्ने हिसाबले आफ्नो शरिर निर्माण गर्दै छु । मलाई आफ्नो शरिर चलचित्रका लागि पर्फेक्ट बनाउनु छ ।’

dil dhadakne doदिल धडक्ने दोमा नायिका प्रियंका सहित रणवीर सिंह, फरहान अख्तर, अनुष्का शर्मा, अनिल कपुर र शैफअली खानको प्रमुख भूमिका रहेको छ । यो चलचित्र अर्को वर्ष जुन ५ मा रिलिज हुनेछ ।


  •  
  •  
  •