प्रियंकाले कमाइन् ४ मिनेटमा २ करोड

289
  •  
  •  
  •  

priyanka-chopra-263-hकाठमाडौ, माघ (एजेन्सी) : बलिउड नायीका प्रियंका चोपडाले आफ्नो चार मिनेटको एक प्रस्तुतीका लागि २ करोड रूपैयाँ लिएकी छिन् ।

नायीका प्रियंकाले गरेको उक्त प्रस्तुती उक्त साझँको सबैभन्दा महंगो प्रस्तुती भएको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । उनले कार्यक्रममा मात्र ४ मिनेट प्रस्तुती गरेकी थिइन् । उनी यस रकमसँगै प्रस्तुतीका लागि सबैभन्दा बढि रकम लिने बलिउड स्टार समेत बनेकी छिन् । उनले उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट नायीकाको उपाधी समेत हात पारेकी थिइन् ।

स्टार गिल्ड अवार्डमा आफ्नो प्रस्तुतीका लागि प्रियंकाले सबैभन्दा बढि पैसा मात्र लिइनन् उनले यसका लागि निकै मेहेनत पनि गरेकी थिइन् । अवार्ड कार्यक्रममा प्रियंका चोपडा आफ्नो कारबाट झरेपछि निकै उत्कृष्ट प्रस्तुती दिनुथियो । यसका लागि उनी कारबाट ओर्लिइएपछि सिँधै रेड कार्पेटमा हिडिन् । रेड कार्पेटमा पनि क्यामरा लगाइएको थियो ताकी स्टेजसम्म जाँदा उनलाई रेकर्ड गर्न सकियोस् । यसका लागि प्रियंकाले धेरैपटक रिहर्सल पनि गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

प्रियंका र उनको टोलीले कन्सेप्ट र उनको स्टाइललाई लिएर निकै मेहेनत गरेकी थिइन् । उनले गुण्डेको ‘अस्सलाम-ए-इश्कुम’ बोलको गीतको धुनमा नृत्य गरेकी थिइन् । आयोजकहरूले उक्त प्रस्तुतीका लागि २ करोड दिएका थिए ।


  •  
  •  
  •