निर्देशकले प्रियंका चोपडाको अण्डरवयर हेर्न खोजेपछि…

112
  •  
  •  
  •  

(एजेन्सी)  : पछिल्ला केही दिन नायिकाहरुले खोलेका केही रहस्यहरुले बलिउड बजार तातिएको छ । केही दिन अघि मात्रै नायिका दीपिका पादुकोणले क्लिवेज देखिएको बारे टिप्पणी गर्दै आफू महिला भएको र आफ्नो स्तन भएको भन्दै ट्वीट गरेपछि तातिएको बजार सेलाउन नपाउनै अर्की नायिका प्रियंका चोपडाले यस्तै अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।

उनले हालैमात्र एक पत्रिकालाई अन्र्तवार्ता दिदै आफूलाई निर्देशकले अण्डरवेयर देखाउन भनेको खुलासा गरेकी हुन् । उनले भनेकी छन्, ‘मलाई एक फिल्म निर्माताले गीतमा अण्डरवेयर देखाउन भएका थिए । त्यसपछि मैले फिल्म नै छाडिदिए ।’

एक चर्चित फिल्म म्यागाजिनमा ट्वीटरमार्फत अन्तरवार्ता दिदै उनले उक्त कुरा खुलाएकी हुन् । उनलाई पत्रकारले कुनै फिल्म निर्माता वा दिर्देशकले कुनै यस्तो कुरा गरेका छन् जुन तपाईलाई अनौठो लागेको छ ? भनेर सोधेका थिए ।


  •  
  •  
  •