कट्रिनालाई पछारिन् प्रियंकाले

76
  •  
  •  
  •  

Priyanka-Chopra-and-Katrina-Kaifकाठमाडौ/मंसिर : नायीका कट्रिना कैफबाट पछारिएकी नायीका प्रियंका चोपडाले यस वर्ष उनलाई नै पछार्दै वर्ल्ड सेक्सियस्ट एसिया वुमेन बन्न सफल भएकी छिन् । प्रियंकालाई बिहिबार विश्वकी सेक्सी महिलाको उपाधी जितेकी छिन् ।

युकेको साप्ताहिक पत्रिका ईस्टर्न आईले वर्षेनी गर्ने गरेको ५० जना महिलाको सूची यस वर्ष पनि तयार गरेको थियो । उक्त सूचीमा सबैभन्दा पहिलो स्थान प्रियंका चोपडाले ओगटेकी छिन् भने दोस्रो स्थानमा टेलिभिजन अभिनेत्री दृष्टी धामी र तेस्रो स्थान टेलिभिजन नायिका सनाया ईरानीले ओगटेकी छिन् । कट्रिना कैफ यस वर्ष चौथो स्थानमा पुगेकी छिन् ।

प्रियंकाले भनिन्, ‘म फेरी एकपटक पुनः ईस्टर्न आईको सेक्सियस्ट महिला बन्न पाएर निकै खुसी छु । यसलाई विश्वभर गरिएको पोलबाट चुनिएको हो, यसैले मेरो लागी यो बढि महत्वपूर्ण छ ।’

एक करोड भोटका आधारमा यो सूची तयार गरिएको हो । सूचीमा पाँचौ स्थानमा गौहर खान रहेकी छिन् । यस्तै आठौ स्थानमा करीना कपुर, नवौ स्थानमा सोनम कपुर, १७ औ स्थानमा श्रद्धा कपूर, २४ औ स्थानमा आलिया भट्ट, २८ औ स्थानमा माधुरी दीक्षित, ३८ औ स्थानमा कंगना राणावत र ४७ औ स्थानमा अनुष्का शर्मा रहेका छन् । 


  •  
  •  
  •