प्रियंकालाई तर्साउन सपनामा आउँछिन् विपाशा

753
  •  
  •  
  •  

Priyanka-Chopra-and-Bipasha-Basuकाठमाडौ, मंसिर(एजेन्सी) : प्रियंका चोपडाले विपाशा वशूको आगामी हरर(भूतको) चलचित्रबाट निकै प्रभावित भएकी छिन् र उनले विपाशाको उक्त चलचित्र हेर्ने बताएकी छिन् ।

प्रियंकाले ट्विटर अकाउन्टमा ट्विट गर्दै भनेकी छिन्, ‘कसैले पनि कहिल्यै पनि सोचेको छैन् होला राम्री र प्यारी विपाशा वशुले कहिल्यै तपाईलाई सपना आएर तर्साउनेछिन् । यो हेर्नुस् म पनि हेर्ने छु ।’

यता प्रियंकाले आफ्नो ट्विटर अकाउन्टबाट केही चलचित्रका प्रमोशन गर्ने गरेको देखिएको छ । उनले आफ्नी बहिनी मनाराका फिल्म जिदको पनि प्रमोशन गरेकी थिइन् । विपाशा बशु र करण सिंह ग्रोवरको चलचित्र ‘अलोन’का ट्रेलर केही दिन पहिले सार्वजनिक गरिएको थियो । जसमा विपाशा आफ्नो नयाँ कमा देखिएकी छिन् । भूषण पटेलद्धारा निर्देशित यो चलचित्रमा विपाशा जुडुवाको भूमिका निभाउँदै छिन् ।

विपाशा वशु पहिले पनि कयौ चलचित्रमा बोल्ड अवतारमा देखिएकी छिन्, तर उनको भनाई अनुसार चलचित्र अलोन उनको अहिलेसम्मकै सबैभन्दा बोल्ड चलचित्र हो ।

चलचित्रमा विपाशाको करण सिंह ग्रोवरसँग केही अन्तरंग दृश्यहरू पनि रहेका छन् । ‘जिस्म’, ‘राज’, ‘राज थ्री डी’ जस्ता फचलचित्रमा बोल्ड अवतारमा देखीसकेकी छिन् ।

अलोन एक प्रेम कथा हो । यो हरर शैलीको चलचित्र हो र तपाईलाई तर्साउने पनि छ, तर यो प्रेम कथामा नै घुमेको छ । यो एउटा केटा, केटी र भूतबीचको प्रेम कथा हो । चलचित्र ‘अलोन’बाट नै नायक करण सिंहले बलिउडमा पाइला टेकेका छन् । चलचित्र १६ जनवरीमा रिलिज हुनेछ ।


  •  
  •  
  •