प्रियंका चोपडाले राते काईलाको प्रशंसा गर्दै के भनिछन् (हेर्नुस् भिडियोमा)

57
  •  
  •  
  •  

काठमाडौं १ भदौ (ओएनएस) : ‘राते काईला’ अर्थात सुनिल थापाको बलिउड अभिनेत्री प्रियंका चोपडाले खुलेर प्रशंसा गरेकीछन् । ‘मेरी कोम’ मा प्रियंकाको कोचको भूमिकामा अभिनय गरेका सुनिल त्यतिबेला मख्ख परे जतिबेला बलिउड सफल अभिनेत्रीले फिल्मको अडियो लञ्च कार्यक्रममा भनिन्, ‘उहाँ नेपालको सफल र चर्चित कलाकार हुनुहुन्छ ।meri kom

भारतिय बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्ममा सुनिलले अत्यन्तै राम्रो अभिनय गरेको समेत प्रियंकाले बताएकी थिईन् । कार्यक्रममा सुनिलले समेत प्रियंकाको तारिफ गर्न भ्याए । आफ्नो जीवनमा आधारित भएको फिल्म कार्यक्रममा मेरी कोमको समेत उपस्थिती थियो । फिल्म सेप्टेम्बर ५ मा रिलिज हुदैछ ।


  •  
  •  
  •