अमेरिकी विमान दुर्घटनामा चारको मृत्यु, बालिका जीवित

353
  •  
  •  
  •  

Kentucky-Plane-Crashवासिङ्टन, १९ पुस(एजेन्सी) : अमेरिकाको केन्टकीमा शुक्रवार एक विमान दुर्घटना हुँदा उक्त विमानमा रहेका ४ जनाको ज्यान गएको छ भने ७ वर्षीया बालिकाको जीवित रहेकी छिन् ।

उक्त विमान नीजि नीजि भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनाबारे स्थानीय बासिन्दाले टेलिफोन मार्फत जानकारी दिएका थिए ।

टेलिफोन गर्ने व्यक्तिले प्रहरीलाई सात वर्षीया एक बालिका हिँडेर उनको घरतर्फ गएको र उनी पनि विमान दुर्घटना परेको उनीहरूले देखेको बताएको प्रहरीले जनाएको छ ।

ती बालिकाको शरिरमा स-साना चोट देखिएको र उनलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

आपत्कालीन सुरक्षाकर्मी घटनास्थलमा पुगेको र त्यहाँ सानो विमान दुर्घटनास्ग्रस्त अवस्थामा फेला पारेको बताइएको छ । अनुसन्धानकर्ताहरूले घटनास्थलमा चार व्यक्तिको शव फेला परेको बताएका छन् । उक्त विमानका चालक तथा बाँकी यात्रुको मृत्युभएको प्रहरीले उल्लेख गरेको छ ।


  •  
  •  
  •