चिया खुवाएर काटियो दुई युवकको गुप्तांग

249
  •  
  •  
  •  

penis choppedकाठमाडौ, ११ चैत(एजेन्सी) : भारतको मेरठमा दुई युवकको नशालु पदार्थ मिसाएर बनाएको चिया खुवाएर गुप्तांग काटिएको छ । दुवै युवकलाई गम्भिर अवस्थामा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार पीडित दुई युवक जानी क्षेत्रमा बस्ने गर्छन् । उनीहरू ढोलक बजाउने गर्थे । दुवै युवक सोमबार नीलम, रानी, कोमल र सकुन्तलासँग भेट्नका लागि गएका थिए । त्यहाँ उनीअरुका अन्य तिन साथीहरू समेत रहेका थिए ।

राती ती युवतीहरुको टोलीले दुई युवकलाई नशालु पदार्थ मिसाइएको चिया खुवाएका थिए, जसले उनीहरु बेहोस हुन पुगे । त्यसपछि उनीहरूले धारिलो हतियारले दुई युवकको गुप्तांग काटिदिए । दुवैलाई पान्चलीमा कुखुराको फार्सहाउसमा फ्याकिँदिएका थिए ।

मंगलबार बिहान दुवै युवकलाई घाइते अवस्थामा देखेर एक बटुवाले प्रहरीलाइ जानकारी दिए, यसपछि उनीहरुलाऐ अस्पताल पुर्याइएको थियो ।

पीडित युवकहरूले नीलम, रानी, कोमल र शकुन्तला समेत अन्य तीन मानिसविरूद्ध अंग-भंग गर्ने सम्बन्धी धाराहरूका आधारमा मुद्दा दर्ता गराएका छन् ।


  •  
  •  
  •