आज पृथ्वीजयन्ति, यी तीन स्थानीय तहमा सार्वजनिक बिदा

530
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस) : पुस २७ गते अर्थात्  २९७ औं पृथ्वीजयन्ति। राष्ट्र एकीकरण गरेका पृथ्वीनारायण शाहकाे जन्म जयन्तीका अवसरमा केही वर्ष अघिसम्म सार्वजनिक बिदा दिइँदै आएपनि पछिल्लाे समय सरकारले कटाैती गरेकाे छ।

यद्यपि, मुलुकका तीनवटा स्थानीय तहल भने शुक्रबार सार्वजनिक बिदा दिएका छन्। प्राप्त समाचार अनुसार  राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्णय गरेका हुन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली गाउँपालिकामा बिदा दिएको हो ।

राप्रपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधि सभा सांसद राजेन्द्र लिङदेलले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए।

यसैबीच, प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन्।

पृथ्वीजयन्तिका अवसरमा  एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिए।  ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भएवा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मान चित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफलनभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन।’

प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।


  •  
  •  
  •