प्रितम आचार्य बाल सद्भावनादूत नियुक्त

226
  •  
  •  
  •  

सुनसरी । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् ।

सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बाल सद्भावनादूत नियुक्त गरिएको घोषणा गरेको हो ।

गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।


  •  
  •  
  •