प्रिमियर लिगमा लिग लिडर चेल्सीलाई नमिठो धक्का

136
  •  
  •  
  •  

पुस १८ (एजेन्सी)  : इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने अभियानमा रहेको लिग लिडर चेल्सीलाई नमिठो धक्का लागेको छ ।

बिहिबारराति भएको खेलमा चेल्सीले टोटनह्यामसँग ५–३ को हार ब्यहोरेको हो । सन् २०१५ को पहिलो खेलमा चेल्सीले हार ब्यहोरेपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगको उपाधि होड खुला भएको छ ।

सिटीले सन्डरल्यान्डलाई ३–२ ले हराउँदै चेल्सीसँग समान ४६ अंक बनायो । टोटनह्यामको घरेलुमैदानमा १८औं मिनेटमा चेल्सीले डिएगो कोष्टाको गोलबाट अग्रता थालेको थियो । ३०औं मिनेटमा घरेलु टोलीका ह्यारी केनले बराबरी गोल गरे ।

४४औं मिनेटमा रोसीले गोल गर्दै घरेलु मैदान टिमलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयको पेनाल्टीमा टाउनसेन्डले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३–१ को अग्रता थाल्यो । ५२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे ।

६१औं मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरे तर ७८औं मिनेटमा केनको पासमा चाड्लीले गोल गरेपछि ५–२ गोलअन्तरले टोटनह्याम अगाडि बढ्यो । ८७औं मिनेटमा जोन टेरीले गोल गरे पनि चेल्सीको हार टार्न सकेनन् ।

गएराति नै भएको अर्को खेलमा आर्सनल साउथह्याम्पटमसँग २–० ले पराजित भएको छ भने म्यानचेस्टर युनाइटेड स्टोकसँग एक÷एक गोलको बराबरीमा रोकिएको छ ।


  •  
  •  
  •