प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीको सिफारिस लत्याएपछि

183
  •  
  •  
  •  

काठमाडौ, २३ साउन : आन्दोलनका कारण लथालिङग भएको वीर अस्पतालमा सरकार र राजनीतिक दलबीचको आपसी विवाद नै समस्या समाधान हुन नसक्नुको  प्रमुख कारण भएको पाईएको छ ।

राजनीतिक चलखेलकै कारण चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा लामो समयदेखि उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिका विषयमा सहमति हुन नसक्दा समस्या उत्पन्न भएकोले समस्या समाधानका लागि आन्दोलनको विकल्प नभएको चिकित्सकहरु बताउँछन्. ।

सत्तारुढ दल नेकपा एमालेले र नेपाली काँग्रेसले आफु निकटका र उपकुलपति पदका लागि योग्यता नभएका व्यक्तिलाई प्रतिष्ठानमा ल्याउन खोजेको कारण विवाद चर्किदै गएको पाईएको छ । सिफारिस समितिले गरेको सिफारिस पनि चित्त नबुझेको भन्दै प्धानमन्त्री शुसिल कोइरालाले सिफारिस नै फिर्ता पठाईदिएपछि बुधवारदेखि झनै खैलाबैला मच्चिएको बताईएको छ । प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि स्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिले केहीदिन अघि प्रधानमन्त्री सुशिल कोइराला समक्ष उपकुलपति लगायतका पदाधिकारीको नाम सिफारिस गरेको प्रतिष्ठानले जनाएको हिमालय टाइम्समा शुक्रबार छाएिको छ ।

तर समितिले उपकुलपतिका लागि सिफारिस गरेका व्यक्ति एमाले निकट भए पनि प्रतिष्ठानको उपकुलपति हुनका लागि योग्यता नपुगेको कारण नियुक्ति प्रक्रिया अघि नबढाई प्रधानमन्त्री कोइरालाले सो सिफारिस फिर्ता गरेको बुझिएको छ । प्रतिष्ठानमा उपकुलपति हुनका लागि प्राध्यापक र डाक्टर हुनुपर्ने नियम छ । तर समितिले उपकुलपतिका लागि सिफारिस गरेका व्यक्ति डाक्टर भए पनि सहप्राध्यापक भएको चिकित्सकहरु बताउँछन् ।

उपकुलपति नियुक्ति नभएसम्म प्रतिष्ठानमा रजिष्टार, रेक्टर, डिनलगायतका कुनै पनि पदमा पदाधिकारी नियुक्ति हुन नसक्ने भएका छन् । समितिले सिफारिस गरेका व्यक्ति उमाले निकट भएकै कारण एमालेले सहप्राध्यापक पनि प्रतिष्ठानको उपकुलपति हुन पाउने व्यवस्था भएको भन्दै सिफारिसमा परेका  व्यक्ति नै उपकुलपतिमा नियुक्ति हुनुपर्ने अडानमा रहेको छ ।

विर अस्पतालमा उत्पन्न समस्या समाधानमा स्वास्थ्य मन्त्रालय समेत गम्भिर हुन नसकेको आन्दोलनरत चिकित्सकले बिहीवार बताएका छन् । अस्पतालमा रिक्त पदाधिकारी नियुक्त गर्न नसक्नुका साथै सिटि स्क्यान मेशिन सेवा सुचारु तथा अस्पतालमा आवश्यक उपकरणको व्यवस्था गर्न नसक्नु, १३ वर्षदेखि हुन नसकेको दिक्षान्त समारोह अझै नगरीनु र आवासिय चिकित्सकलाई छात्रावासको व्यवस्था नहुनु नै आन्दोलनका थप कारणहरु रहेको आवासीय चिकित्सक संघका अध्यक्ष समेत रहेका चिकित्सक मंगल रावल बताउँछन् ।

अस्पताल अझै पनि निमित्त उपकुलपति र निमित्त निर्देशकको भरमा चलिरहेको उनले जानकारी दिए । आन्दोलन गर्नु चिकित्सक तथा कर्मचारीको रहर नभई बाध्यता भएको उनको भनाई छ । अस्पतालमा यतिवेला उपकुलपति लगायतका पदाधिकारीको नियुक्तिका लागि राजनीति हस्तक्षेप बढेकोले पनि अस्पताललाई राजनीतिक हस्तक्षेपमुक्त गराउन यो आन्दोलनले भुमिका खेल्ने उनी बताउँछन् ।

अस्पताल प्रसाशन लगायत स्वास्थ्य मन्त्रालयले समस्या समाधानका लागिअ झै पनि कुनै चासो नदेखाएको आवासीय चिकित्सक संघका महासचिव हरिहर देवकोटाले बताएका छन् । प्रतिष्ठानमा उपकुलपति लगायतका पदाधिकारीको नियुक्ति र अस्पतालको सुधारका लागि चिकित्सक तथा कर्मचारीले गरेको आन्दोलनले अस्पतालको सेवामा प्रभाव नपरेको उनले दाबी गरेका छन् । उनले यस्तो दाबी गरेपनि आन्दोलनकै कारण अस्पतालमा अप्रेशन लगायतका सेवा सुविधाबाट विरामीहरु बञ्चित हुदै आएको अस्पतालका निमित्त निर्देशक डाक्टर केदार सेन्चुरी बताउँछन् । उनी भन्छन, आन्दोलनकै कारण विरामीलाई सामान्य सेवा दिन पनि कठिनाई भईरहेको छ ।

चिकित्सकको माग अनुसार सिटी स्क्यान लगायतका उपकरण खरिदका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उपकरण आइपुग्न केहि समय लाग्ने उनले जानकारी दिए । आन्दोलनका कारण अस्पतालको हरिविजोग हुदै गए पनि संघका अध्यक्ष रावल चिकित्सकको आन्दोलन बिरामीको असुविधाका लागि नभई अस्पतालको सुधारका लागि भएको बताउँछन् ।

स्रोतका अनुसार चिकित्सकले जे जस्ता माग राखेर आन्दोलन चर्काए पनि वास्तविक समस्या भनेकै प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा भएको राजनीतिक चलखेल र दलबीच आपसी असमजदारी नै रहेको छ । प्रतिष्ठानमा सहमतिको आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्ति भएको अबस्थामा आन्दोलनको रुप सामान्यतर्फ उन्मुख हुने स्रोत बताउँछ ।

चिकित्सक र कर्मचारी आफना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने मनस्थितमा छन भने सरकार माग सम्बोधनका लागि उदासिनै रहेको बताईएको छ । यता उपचारबाट बञ्चित भएका विरामीका आफन्तले स्वास्थ्य मन्त्रालय प्रति आक्रोस पोख्दै सरकारले विरामीलाई मार्न खोजेको गुनासो गरेका छन् ।

उपचारका लागि नवलपरासीबाट आएका पुन्य शर्मा चिकित्सक नभेटिएपछि अस्पताल परिसरमा रनभुल्ल परिरहेका थिए । टाढा बाट उपचार गर्न आएको साह्रै दुःख पाइयो । उनले गुनासो
गरे ।
यसअघि पनि चिकित्सक तथा कर्मचारीले तलब नपाएको लगायतका विषयमा पटक पटक आन्दोलन गर्दै आएका थिए । तर यो आन्दोलन आन्दोलन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति र अस्पतालको सुधारका लागि भएको हो अध्यक्ष रावलले भने पदाधिकारी नियुक्तिमा राजनीतिक चलखेल र अस्पताल सुधारमा सरकार उदासिन रहन मिल्दैन् ।

वार्तामा आउन समितिको आग्रह
संसदको महिला तथा बालबालिका समितिले आन्दोलनरत चिकित्सक तथा कर्मचारीलाई वार्तामा आउन आग्ह गरेको छ । यसैगरी समितिले अस्पतालका समस्यालाई समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

आवासिय चिकित्सक तथा कर्मचारीहरुले १२ दिन देखि गरेको आन्दोलनका कारण अस्पतालको विजोग र वीरामीहरु उपचारबाट बञ्चित भएको भन्दै समितिले तत्काल वार्तामा आएर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । समितिले चिकित्सकका माग जायज भएपनि वार्ता विना समस्याको समाधान नहुने भन्दै बिहीवार यस्तो आग्रह गरेको बताईएको छ ।

समितिले विहिबार आन्दोलतरत पक्ष, अस्पताल प्रशासन, र स्वास्थ्य मन्त्री खगराज अधिकारीसँग यस वारेमा छलफल गरेको थियो । यता स्वास्थ्यमन्त्री खगराज अधिकारीले अस्पताललाई पूर्ण रुपमा सुधार गर्न २ अर्व ७ करोड बजेट आवश्यक पर्ने देखिएको बताएका छन् ।


  •  
  •  
  •