संसद सुचारु हुन्छ : प्रधानमन्त्री

282
  •  
  •  
  •  

विराटनगर, जेठ २८ (ओएनएस) । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संसद् सुचारु गर्न शीर्ष नेताहरुबीच छलफल चलिरहेकाले चाँडै सुचारु हुने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान पार्टी कार्यकर्तासँगको भेटमा उनले संसद् अवरुद्ध हँुदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद् सुचारु गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

सभापति कोइरालाले चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले अपनाएको सदासयतालाई प्रतिपक्षी दलहरुले पनि बुझेर संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गरे । सरकारको प्रमुख लक्ष्य मुलुकमा स्थायी शान्ति कायम गरी आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु रहेकाले आफ्नो लक्ष्यबाट सरकार पछि नहट्ने प्रधानमन्त्री कोइरालाले दृढता व्यक्त गरे । उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न सदा तत्पर रहेको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।


  •  
  •  
  •