प्रधानमन्त्री कोइरालाले दुई दिने चीन भ्रमण गर्ने

194
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले बिहीबारबाट चीनको दुई दिने भ्रमण गर्ने भएका छन् । बुधबारको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको भ्रमण स्कीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

चीनमा आयोजना हुने साउथ एसिया एक्स्पोको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री कोइराला ३० सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।

प्रधानमन्त्री कोइरालालाई चीनको कुन्मिनमा हुन लागेको दोस्रो चीन दक्षिण एशियाा एक्स्पोमा सहभागका लागि चीन सरकारले दुई महिना पहिला निम्तो दिएको थियो ।
मन्त्रिपरिषद्ले महाकाली नदीमा आएको बाढीबाट घरवास विहीन भएका दार्चुलाका पीडित परिवारलाई पुनःस्थापनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने निर्णयगरेको छ । बैठकले नेपाल टेलिभिजनका अध्यक्ष सिताराम अग्रहरीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

यस्तै स्वर्गिय राजा विरेन्द्र शाहको नाममा धादिङ र नुवाकोटमा भेटिएको थप सम्पत्ति नेपाल ट्रष्टको नाममा राख्ने निर्णय गरेको छ । यसैगरी आगामी जेठ ३१ गते दुई दिने नेपाल भ्रमणका लागि यहाँ आउन लागेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीलाई औपचारिकरुपमा नेपाल भ्रमणको निम्तो पठाउने निर्णय गरेको छ ।


  •  
  •  
  •