लुम्बिनीमा ५ हजार मानिस अटाउने सभाहल बनाउने प्रधानमन्त्रीको घोषणा

116
  •  
  •  
  •  

लुम्बिनी, ८ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले ५ हजार मानिस अट्ने सभा हल बनाउने घोषणा गरेका छन् ।

गौतम बुद्धको २५६० औँ जन्मदिनको अवसरमा विश्व शान्तिका अग्रदूत बुद्धको जन्म स्थल लुम्बिनीमा सरकारले गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल बनाउने घोषणा गर्दै सभाहल निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

उनले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले बुद्धको सत्य, तथ्य जानकारीका लागि शनिबार गरिएको सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले समारोहले बुद्धत्वको बारेमा ज्ञान लिनका लागि पुलको काम गरेको भन्दै सरकार बुद्धको जन्मथलोलाई बुद्धिज्मको मुहानको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको बताए ।


  •  
  •  
  •