प्रधानमन्त्री ओलीले दिए विपक्षीलाई यस्तो जवाफ

218
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हितमा सरकारले कुनैपनि कदम चाल्दा विपक्षी दलले कुरा काट्नुका साथै औला ठड्याउने गरेकाे बताएका छन्।

विपक्षी दलद्धारा सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप अाइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका हुन् ।

गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘ विपक्षी दलले भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो जस्ता नानाभातीका कुरा गर्नुका साथै देशमा त फासीवाद आउने खतरा अाउने भन्न छुटाएनन्। तर देशमा फासीवाद होइन, यहाँ जनवाद आउँदैछ । फासीवाद होइन, देशमा समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’

सम्पुर्ण नेपाली जनतालाई चौतर्फी रुपमा समृद्ध बनाउने योजना सरकारको कर्तब्य भएकाे हुनाले सोही अनुसार सरकारले आफ्नो काम गरीरहेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अब नेपाली जनता बलियो हुन्छ, सत्ता बलियो हुने होइन । सत्ता त संविधानले नियन्त्रण गरेको हुन्छ,’

जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको मुख्य उद्देश्य रहेको समेत प्रधानमन्त्री ओलीले बताए।

 


  •  
  •  
  •