काठमाडौँ, १० असार(एजेन्सी) : युरोपियन युनियन(ईयु)बाट बेलायत छुट्टिने भएपछि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरूनले राजीनामा दिने भएका छन् ।
ईयुबाट छुट्टिन नहुने विचार राख्दै ईयुमा रहिरहने विषयमा वकालत गरिरहेका बेलायती प्रधानमन्त्री क्यामरूनले आफ्नो विपक्षमा जनमत देखिएपछि राजीनामा दिने भएका हुन् । उनले ईयुबाट छुट्टिने या नछुट्टिने विषयमा भएको मतदानमा छुट्टिने पक्षमा बहुमत आएपछि बोल्दै बेलायती प्रधानमन्त्री क्यामरूनले आफ्नो राजीनामापछि आगामी अक्टुबरमा नयाँ प्रधानमन्त्री नियुक्त हुने जानकारी दिएका छन् ।
उनले आफूले लिएको बाटोभन्दा फरक मत आएपछि आफू पदमा रहिरहनु उपयुक्त नहुने बताए । बेलायती जनताले आफूले चाहेको बाटो भन्दा फरक बाटोमा हिड्न चाहँदा चाहँदै आफूले जहाजलाई आफ्नो बाटोमा लैजान नसक्ने बताएका छन् ।
उनले आगामी दिनमा युरोपमा आफ्नो प्रभावलाई कायम गर्नका लागि सक्षम, प्रतिबद्ध नेतृत्वको आवश्यकता पर्ने उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘म बेलायतको प्रधानमन्त्री हुन पाएकोमा निकै गौरन्वान्वित छु ।’
सम्बन्धित समाचार :
ईयुबाट छुटिने भएपछि बेलायती प्रधानमन्त्री क्यामरूनले राजीनामा दिने