स्थानीय निकायकोे शैलीमा प्राथमिक विद्यालयको निर्वाचन

241
  •  
  •  
  •  

महोत्तरी, २२ मंसिर (ओएनएस)  : महोत्तरीको एक प्राथमिक विद्यालयको व्यवस्थापन समितिका लागि स्थानिय निर्वाचनकोे झझल्को दिनेगरी निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको लागि प्रहरी खटिएका थिए भने मतपत्र, मतपेटिका, महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन, म्यादी प्रहरीको पोसाकमा स्थानीय युवाको परिचालन भएका थिए । यस्तै, एक दिने निर्वाचनको लागि एक लाख रूपैया खर्च भएको छ ।

तत्कालिन अनकार गाउँ विकास समिति वडा नम्बर ५ बेलास्थित राष्ट्रिय प्राथमिक विद्यालयका अभिभावकले निर्वाचनमा उम्मेदवारले नै सम्पूर्ण खर्च गर्नुपर्ने शर्त राखेका थिए । निर्वाचनमा खटिएकाहरुको भोजन, स्वागत, सत्कार र बाटो खर्चमा एक लाख रुपैया खर्च भएको प्रधानाध्यापक दशरथ महतोले बताए । सबैले देख्ने खर्च भनेको एक लाख रूपैया, बाँकीको खर्चबारे कसैलाई थाहा छैन ।
Mahottari 2
व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित हुँदा गाउँ बिकास समितिमा रहेको विद्यालय जलेश्वर नगरपालिकाको १४ नम्बर वडामा परिणत भइसकेको थियो । अभिभावकहरुमध्ये १६४ जनाले मत दिई प्रवेशिका उर्तिण सेनी महतोलाई अध्यक्षमा निर्वाचित गराए । सोहि विद्यालयबाट सात कक्षा उर्तिण सेनीका निकतम प्रतिस्पर्धी लालकृत महतोले ५१ मत पाएका थिए ।



शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउन सशस्त्र प्रहरीका निरीक्षक र नेपाल प्रहरीका नायब निरीक्षकको कमाण्डमा सुरक्षाकर्मीको परिचालन, मतपत्र, मतपेटिका, महिला र पुरुषका लागि छुट्टाछुट्टै मतदानका लागि लाइन, म्यादी प्रहरीको पोशाकमा स्थानीय युवाको परिचालनसहितका गतिविधिले स्थानीय निर्वाचनको झझल्को दिएको अभिभावक संजय सिंहले बताए ।

Mahottari

बैदेशिक रोजगारमा युवा पलायन भएका कारण मतदान गर्नेमा अधिकांश अभिभावक महिलाहरू थिए । निर्वाचनमा हुने खर्चका लागि उम्मेदवारबाट मनोयन दर्ता भएकै दिन खर्च राख्न लगाइएको थियो । विद्यालयमा बालबिकास केन्द्रका स्वयंसेवक, राहतबाहेक चार जना शिक्षक छन् । महोत्तरी जिल्लामा प्राथमिक विद्यालयको संख्या तीनसयभन्दा माथि छ ।


  •  
  •  
  •