पेट्रोलियम पदार्थको मूल्य फेरी घट्ने

81
  •  
  •  
  •  

Petrol_pump_काठमाडौ, ३० पुस(ओएनएस) : अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपालमा पनि पेट्रोल-डिजेलको मूल्य पुनः घट्ने सम्भावना बढेको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोल र डिजेलको मूल्य घटेकाले नेपालमा पनि मूल्य समायोजन गर्दा मूल्य घट्न सक्ने बताइएको छ । यदी अन्तराष्ट्रिय बजारको मूल्य अनुसार पेट्रोलको मूल्य समायोजन भए पेट्रोलमा ३ रूपैयाँसम्म घट्न सक्ने छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल घटेर ४५ डलरमा पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमको समाचारलाई मान्ने हो भने पेट्रोलियम पदार्थको मूल्य अझै घट्ने छ । यसरी लगातार पेट्रोलियम पदार्थको मूल्य घट्नुमा खाडी देशहरूले तेलको उत्पादन घटाउने फैसला नगर्नु रहेको बताइएको छ भने अर्कोतर्फ डलरको मूल्य केही बलियो भएको समेत मानिएको छ । डलरको मूल्य बलियो भएका कारण पनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसरी लगातार मूल्य घट्दा पेट्रोल तथा डिजेल बिक्रेताहरू भने मारमा पर्ने गरेको गुनासोहरू पनि सुन्न थालिएको छ । उनीहरूले आफूले महंगो मूल्यमा पेट्रोल तथा डिजेल ल्याएर सस्तोमा बेच्दा घाटा हुने भएको गुनासो पोख्ने गरेका छन् ।


  •  
  •  
  •