बलिउड अभिनेत्री प्रियंकाले स्क्रिप्ट पढेर मागिन् १२ करोड पारिश्रमिक, अाखिर के छ स्क्रिप्टमा ?

959
  •  
  •  
  •  

३ असार : बलिउड क्षेत्रमा अफ्नाे पहिचान बनाएकी अभिनेत्री प्रियंका चोपडा केही समयअघि हलिउडमा छलाङ लगाएकी थिइन्। हलिउडमा उनी केही प्रोजेक्ट लागि मात्र गएकी थिइन्।

हलिउडकाे काम सकेर फेरि बलिउड फर्कने तयारीमा छिन्। हलिउड फिल्म ‘बेवाच’ र अमेरिकन टेलिभिजन शृंखला ‘क्वान्टी को’ ३ भागमा अभिनय गरेकी प्रियंका पुनः बलिउडमा फर्कन लागेकी हुन्।

उनले फिल्म ‘भारत’का लागि १२ करोड रुपैयाँ पारिश्रमिक माग गरेको भारतीय सञ्चार माध्यममा उल्लेख गरेको छ। प्रियंकाले पछिल्लो समय छनौट गरेर मात्र प्रोजेक्ट गर्ने गरेकी छिन्। विशेषगरी, फिल्मको स्क्रिप्ट सहअभिनेतादेखि प्रोडक्सन ब्यानरसम्ममा ध्यान पुर्‍याउने प्रियंकाको पारिश्रमिक उत्तिकै बढेको छ।

प्रियंका अब चाँडै नै सलमान खानको मुख्य अभिनय रहने फिल्म ‘भारत’ र ऋतिक रोशनको मुख्य अभिनय रहने फिल्म ‘कृष ४’ मा देखिनेछिन्। यदि, प्रियंकाको माग बमोजिम फिल्म युनिटले भुक्तान गरेमा प्रियंका बलिउडकै सवार्धिक पारिश्रमिक लिने दोस्रो अभिनेत्री हुनेछिन्।


  •  
  •  
  •