जनकपुरमा प्रेसर कुकर विष्फोट, १२ विद्यार्थी घाइते

267
  •  
  •  
  •  

जनकपुर, १९ पुस(ओएनएस) : जनकपुर उपमहानगरपालिका वकिलटोलस्थित आर डी निकेतन विद्यालयको छात्रावासमा आज बिहान भएको प्रेसर कुकर विष्फोटमा १२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।

बिहान ८ बजे खाजा खान बसेका विद्यार्थी नजिकै रहेको प्रेसर कुकर विष्फोट भएर घाइते भएका थिए । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा १० वर्षीय सोनु यादव, ८ वर्षीय अनिल यादव, १० वर्षीय अशोक शर्मा, ११ वर्षीय मुकेश झा, १० वर्षीय प्रचण्डकुमार ठाकुर, १३ वर्षीय बालकृष्ण यादव, ८ वर्षीय जीतेन्द्र यादव, ९ वर्षीय चन्दन यादव, ८ वर्षीय साहिल ठाकुर, १० वर्षीय राजन यादव र ८ वर्षीय रियाज मुसाफिर रहेका छन् ।


  •  
  •  
  •