प्रेस युनियनको महाधिवेसन आजदेखि पोखरामा

98
  •  
  •  
  •  

काठमाडौं २१ भदौ (ओएनएस) : नेपाली कांग्रेस निकट पत्रकारहरुको सस्था नेपाल प्रेस युनियनको आठौ राष्ट्रिय महाधिवेसन आजदेखि पोखरामा सुरु हुने भएको छ । बिहान ११ बजे पोखरा सभागृहमा महाधिवेसनको औपचारिक रुपमा उद्घाटन गर्नेकार्यक्रम रहेको छ । महाधिवेसनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालले गर्ने तय गरिएको भएपनि प्रधानमन्त्री अनुपस्थित हुने भएपछि कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

दिनसम्म चल्ने महाधिवेसनमा नेपालभरबाट एक हजार भन्दा धेरै प्रतितिधिको सहभागि भएको प्रेस युनियनले जनाएको छ । महाधिवेसनको उद्घाटनका लागि पुर्वप्रधानमन्त्री एवम् काांग्रेसका वरिष्ठ नेता देउवा, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, संचारमन्त्री मिनेन्द्र रिजाल, पूर्वन्त्री एवं कांग्रेसका केन्द्रि सदस्य अर्जननरसिह केसी, पार्टीका प्रवर्ता दिलेन्द्रप्रसाद बडूलगायतको उपस्थिति रहनेछ । महाधिवेसनले ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।


  •  
  •  
  •