काठमाडौं, १६ भदौ (ओएनएस) : यही भदौ २१ गतेबाट पोखरामा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनका लागि सम्भावित उम्मेदरवार पार्टीका नेताहरू रिझाउँन कम्मर कसेर लागेका छन् । कांग्रेस निकट लोकतन्त्रवादी पत्रकारहरूको संगठन युनियको अध्यक्षका लागि आधा दर्जन पत्रकारहरू अध्यक्षको दौडमा लागेका छन् भने महासचिबमा पनि यस्तै छ ।
वर्तमान कार्यबाहक अध्यक्ष बद्रि सिग्देल, महासचिब शिव लम्साल, गंगाधर पराजुली, विन्दुकान्त घिमिरे, दामोदर दवाडी, भुवन भट्टलागयतको अध्यक्षमा चर्चा छ । सिग्देल र घिमिरे कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् भने अन्य सबै संस्थापन निटक रहेको बताइन्छ । पार्टीका नेताहरूले मुख नफोरिसकेको अवस्थामा नेताहरलाई रिझाउन आकांक्षीहरु लागि परेको एक आकांक्षिले बताए ।
प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री द्वय प्रकाशमान सिंह र कृष्ण सिटौलासँग यी पत्रकार नेताहरूले भेटघाट तिब्र बनाएका छन् ।
त्यस्तै अन्य पदका लागि पनि पत्रकार नेताहरु प्रचार प्रसारमा दौडिएका छन् । महासचिबमा अजयबाबु सिवाकोटी, होम लम्साल, लिलाराज खनाल, सरोज अधिकारी र प्रकाशचन्द्र परियारको चर्चा छ । उपमहासचिबमा प्रेम केसीको चर्चा भने सचिबमा शिवराज योगी, सूर्यकुमार क्षत्री, सोम सुसेलीलगायतको चर्चा छ । यस्तै खुला सदस्यमा शुक्रऋषि चैलागाई , युवराज गौतम, खेमराज थापा, हरिहरसिंह राठौरलागयतको चर्चा छ ।