प्रेस काउन्सिल भन्छ : कृषिमन्त्री प्रकरणमा पीडितलाई थप पीडा पुग्यो

96
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) :  नेपाली मिडीया जगतलाई नियमन गर्ने सर्वोच्च निकाय प्रेस काउन्सिल नेपालले गत मंगलबार धान दिवसमा निवर्तमान कृषिमन्त्री हरि पराजुलीसँगै महिलाहरुको तस्विर छापेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले शुक्रबार विज्ञप्तिमार्फत पराजुलीले धान दिवसमा मूलपानीका महिलाहरु माथी अशोभनिय गतिविधि गरेको भनिएको घटनामा जोडिएका महिलाका तथा तस्विर र नाम सार्वजनिक गरेकोमा ध्यानाकर्षण भएको जनाएको हो । काउन्सिलले घटनासँग जोडिएका महिलाहरुको तस्विर प्रकाशन र प्रशारण गर्दा पीडितलाई थप पीडा पुगेको जनाएको छ ।

पीडितलाई थप पीडा दिने कार्य पत्रकार आचार संहिताको बिपरित भएकाले यस्ता सामाग्री प्रशारण नगर्न संचार माध्यम र पत्रकारलाई निर्देशन दिएको छ । पत्रकार अाचार स‌ंहितामा पीडितालाई थप पीडा दिने गरि समाचार प्रकाशन गर्नु नहुने उल्लेख छ ।  साथै  काउन्सिलले यस्ता घटनामा संचार माध्यमसँगै सामाजिक संजाल प्रयोगकर्तालाई सचेत रहत आग्रह गर्दै नागरिक पत्रकारितको अभ्यास हुन थालेकोले सचेत नागरिकको जिम्मेवारी बहन गर्न सबैलाई आग्रह गरेको छ ।

यसअघि गत मंगलबार निर्वतमान मन्त्री पराजुलीले धान दिवसको कार्यक्रममा महिलामाथि दुर्व्यबाहार गरेका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका थिए । तस्विर भाइरल बनेसँगै पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै महिलाहरुले जथाभावी तस्विर प्रकाशन गरेर मीडियाले चरित्र हत्या गरेको अरोप लगाएका थिए ।

Press council


  •  
  •  
  •