प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

530
  •  
  •  
  •  

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् ।

कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि काउन्सिलको बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।

बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गरेका छन्। श्रेष्ठको पदावधि यहि १२ गते सकिँदैछ ।


  •  
  •  
  •