आपत्तिजनक प्रसारणबारे प्रेस काउन्सिल नेपालले भारतकाे प्रेस काउन्सिललाई पठायो पत्र

92
  •  
  •  
  •  

काठमाडौं । प्रेस काउन्सिल नेपालले भारतका केही सञ्चारमाध्यमले नेपाल र नेपालको सरकार प्रमुखका सम्बन्धमा भ्रामक, अतिरञ्जित, अपुष्ट र चरित्रहत्याकेन्द्रित सामग्री प्रसारण गरेकाे भन्दै कारबाहीका लागि भारतको प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको हो । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र भिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको हस्ताक्षर सहितको पत्रमार्फत भारतीय मिडियाले आधारहिन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ । साथै त्यस्ता सामग्रीले नेपालको स्वाभिमान र निष्ठामाथि हमला भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले जारी गरेको पत्रमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कलोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रशारण भएका छन् । र जुन सामाजिक सञ्जालमा सनसनीपुर्ण रुपमा प्रचार गरिएको छ । यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ ।’

हेर्नुहोस् पत्र


  •  
  •  
  •