मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै पत्रकारकाे धर्ना (फाेटाे फिचरसहित)

110
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ (ओएनएस) : सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ताको माग गर्दै देशभरका पत्रकार आन्दोलित भएका छन्।

पत्रकारलाई जरिवानासम्म गर्न पाउने गरी विधेयक अगाडि बढाइएपछि तीव्र विरोध भइरहेका बेला पत्रकारहरुले शुक्रबार प्रदर्शन गरेका हुन्।

नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिए।

काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख बाँधेका थिए ।


  •  
  •  
  •