प्रचण्ड–बाबुरामलाई राष्ट्रपतिले भने : सहमतिमै अघि बढ्नुहोस्

77
  •  
  •  
  •  

ram baranकाठमाडौं, ११ माघ (ओएनएस) : राष्ट्रपति डा. रामबरण यादवले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई आफ्नो निवासमा बोलाएर सहमतिमै अघि बढ्न सुझाव दिएका छन् ।

संविधान निर्माण प्रक्रियामा सत्तापक्षसँग एमाओवादी लगायतका विपक्षी दलहरुको तीब्र विवाद बढिरहेको बेला राष्ट्रपति यादवले एमाओवादीका नेताद्वय प्रचण्ड र भट्टराईलाई आइतबार विहान राष्ट्रपति निवास शीतल निवासमा भेटेर सहमतिको लागि आग्रह गरेका हुन् ।

दलहरुबीच विवाद बढ्दा जनतामा निराशा छाएको भन्दै राष्ट्रपतिले विवादित विषयलाई सहमतिमै टुंग्याउन आग्रह गरेका हुन् ।

बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने सत्ता पक्षीय दलहरुको कारण राजनीतिक गतिरोध भइरहेको एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

आफूहरुले सहमतिबाट संविधान जारी गर्नका लागि हदैसम्मको लचकता अपनाएको भन्दै प्रचण्डले प्रक्रियामा गए प्रतिवाद गर्नुको आफूहरुसँग विकल्प नभएको समेत बताएका थिए ।

दलहरुबीच संविधानका मुख्य विषयमा विवाद बढ्दा पछिल्लो समय राजनीतिक गतिरोध बढेको छ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले संविधानसभालाई प्रक्रियामा अघि बढाउनु पर्ने बताइहदा विपक्षी सहमतिको अडानमा छन् ।

सत्तारुढ दलहरुले प्रक्रियामा अघि बढ्न नदिएका विपक्षीसँग वार्ता नगर्ने बताएका छन् । यसअघि शनिबार विपक्षीले संविधानसभा १० दिन स्थगित गरेर अघि बढ्न सत्तापक्षलाई आग्रह गरेका थिए ।


  •  
  •  
  •