राष्ट्रपति यादव र चिनियाँ राष्ट्रपति सीबीच आज भेटवार्ता

114
  •  
  •  
  •  

china-nepal-flagकाठमाडौ, १४ चैत(ओएनएस) : चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादव र चिनिया राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता हुने भएको छ ।

“एसियाका लागि बोआओ मञ्च” को वार्षिक सम्मेलनमा सहभागी हुन चीन पुगेका राष्ट्रपतिले आज सीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति यादवले अपराह्न चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा जिनपिङले नेपालका लागि आर्थिक सहायता घोषणा गर्ने बताइएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा बिहीबारदेखि सुरू भएको सम्मेलनमा राष्ट्रपति यादवले  आज बिहान सम्बोधन गरेका छन् ।

आज अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा. हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्ला–बेग्लै भेटवार्ता गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साताव्यापी चीन भ्रमणका रहेका राष्ट्रपति यादव बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •