राष्ट्रपतिले दलहरुलाई भने : कुण्ठाले राष्ट्र बन्दैन

126
  •  
  •  
  •  

चितवdr. yadavन, ५ चैत (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरुलाई मिलेर संविधान बनाउन आग्रह गरेका छन् । बिहिबार चितवनको टाँडीमा सुरु भएको नेपाल बार एसोसिसनको १३औं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै राष्ट्रपतिले कुण्ठा त्याग्दै सहमतिमा आउन सत्तापक्ष र विपक्षी दललाई आग्रह गरेका हुन् ।

राष्ट्रपतिले उदघाटनको दौरान भने, ‘ कांग्रेस, एमाले, माओवादी र मधेसवादी सहित सबै दललाई दश औंला जोडेर आग्रह गर्न चाहन्छु, मिलेर संविधान बनाउनुहोस् , कुण्ठाले राष्ट्र बन्दैन ।’ राष्ट्रपतिले विपक्षी दललाई सहमतिमा ल्याउन सत्तापक्षले विशेष भूमिका खेल्नपर्नेमा समेत जोड दिए ।

उनले जिल्लाबाट आएका कानुन ब्यवसायीले छलफलबाट देशले निकास निकाल्ने सुझाव दिन पनि कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले भने, ‘देशको मुल कानुन बनाउन राजनीतिक शक्तिलाई घच्घच्याउनुहोस् । ’

कार्यक्रममा सभाध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमतिको नजिक पुगेको बताउँदै संघीयतामा समस्या देखिएको बताए । उनले विवाद समाधान गर्न दलहरु नसकेको भन्दा पनि गर्न नचाहेको पनि बताए । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला पनि सहभागि हुने बताइएपनि उनले अन्तिम समयमा चितवन भ्रमण रद्द गरेका थिए ।


  •  
  •  
  •