सभाध्यक्ष नेम्वाङ राष्ट्रपति भवनमा

447
  •  
  •  
  •  

Ram-baran subashकाठमाडौं, २३ मंसिर (ओएनएस) :  राष्ट्रपति डा. रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । अध्यक्ष नेम्वाङ राष्ट्रपतिलाई भेट्न मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

नेम्वाङले संविधान निर्माण प्रक्रियामा भएको पछिल्लो सहमति र जारी प्रक्रियाबारे राष्ट्रपतिलाई जानकारी दिएका थिए । साथै नेम्वाङले दलहरुबीच संविधान निर्माणको लागि सहमतिको प्रयास भैरहेको पनि राष्ट्रपतिलाई जानकारी दिएका थिए ।

संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा प्रतिवेदन पठाएपछि संविधान निर्माणको प्रक्रिया अघि विश्वास गरिएको छ । उक्त प्रतिवेदन बुधबारको संविधानसभाको बैठकमा पेश हुँदैछ ।


  •  
  •  
  •