राष्ट्रपतिलाई प्रचण्डले भने : सत्तापक्षले हाम्रो कुरा सुनेनन्, त्यसैले आन्दोलन गर्न बाध्य भयौ

191
  •  
  •  
  •  

rambaran-prachandaकाठमडौं, २३ माघ (ओएनएस) :  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गर्दै सत्तापक्षले सहमतिको लागि कुनै ठोस पहल नगरेको गुनासो गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार विहान भएको छलफलमा प्रचण्डले सत्तारुढ दलले सहमतिको लागि कुनै पहल नगरेकोले आफुहरु आन्दोलनमा जानु परेको बताएका थिए । प्रचण्डले सत्तापक्षले विपक्षीको कुनै कुरा नसुकोले आन्दोलनमा जानु बाध्यात्मक भएको पनि जनाएका थिए ।

प्रचण्डको कुरा सुनेपछि राष्ट्रपतिले सहमतिमै संविधान जारी गर्नको लागि पहल गर्न सुझाव दिएका थिए ।

दलहरुबीच संविधान निर्माणको विषयमा विवाद र अरोप–प्रत्यारोप बढ्दै गएपछि सहमति गराउन राष्ट्रपनि सक्रिय बनेका हुन् । यसअघि सत्तापक्षका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका राष्ट्रपति यादवले बिहिबार एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । छलफलको दौरान अध्यक्ष ओलीले विपक्षीलाई सम्झाइदिन आग्रह गरेका थिए ।

वार्ता र सम्वादबाट समस्या समाधान खोज्ने प्रयास स्वरुप राष्ट्रपतिले छलफललाई निरन्तरता दिएको राष्ट्रपति कार्यालयको जनाएको छ ।


  •  
  •  
  •