राष्ट्रपति पदका लागि भएको मतदान सम्पन्न

168
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक(ओएनएस) : राष्ट्रपतिका लागि भएको मतदान सम्पन्न भएको छ । कुल ५ सय ९७ सांसद संख्या भएपनि ५ सय ४९ मत मात्र खसेको संसद सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपतिका लागि भएको मतदानमा सभामुख ओनसरी घर्ती मगरले मतदान गरिनन् भने उनीसहित ४७ जनाले भोट हालेनन् र १ सांसद निम्बित भएका कारण मतदान गर्न पाएनन् ।

अब मतगणनाको काम साँढे २ बजेदेखी सुरू गरिने सचिवालयले जनाएको छ । मतगणना सकिएपछि ५ बजे बस्ने संसदको बैठकबाट सभामुख ओनसरी घर्तीले नतिजाको घोषणा गर्नेछिन् ।


  •  
  •  
  •