राष्ट्रपति यादवद्धारा चुरे निरिक्षण

327
  •  
  •  
  •  

राम नारायण पंडित
Ram-Baran-Yadav_1सिरहा, १८ मंसिर : चुरे संरक्षणको अवस्था तथा कार्यक्रमको प्रभावकारिताको सम्बन्धमा जानकारी लिन राष्ट्रपति डा. रामवरण यादवले बिहिबार सिरहामा चुरे क्षेत्रको निरिक्षण गरेका छन् ।

राष्ट्रपति डा. यादवले सिरहाको चुरे क्षेत्रमा रहेको तरेगना गोविन्दपुर ८ हरीपुरमा हेलिकोप्टर रोकेर चुरे क्षेत्रको निरिक्षण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक लक्ष्मण गिरीले जानकारी दिए । जिल्ला वन कार्यालय सिरहाद्धारा ०७०–०७१ मा वृक्षारोपण गरिएको रूख-विरूबाको राष्ट्रपति डा. यादवले पैदल निरिक्षण गरेका थिए ।

निरिक्षणको क्रममा उनले सरोकारवालाहरूसँग चुरे संरक्षणमा भएको प्रगतिको सम्बन्धमा जानकारी लिए । उक्त क्रम्मा सिरहाका सुरक्षा प्रमुख, वन कार्यालयका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।


  •  
  •  
  •