राजनीति स्थायीत्व हुनेमा राष्ट्रपतिको विश्वास

186
  •  
  •  
  •  

काठमाडौं,१० पुस (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा राजनीति स्थायीत्व हुनेमा विश्वास गरेकी छिन्। क्रिसमसको शुभकामना दिदै राष्ट्रपति भण्डारीले नेपालमा मनाईने हरेक चाडले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतीबीच राष्ट्रिय एकता तथा धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख समेत गरेकी छन् ।

भण्डारी विज्ञप्ति जारी गर्दै यो पर्वले सबै नेपालीबीच वन्धुत्व, प्रेम र एकताको भावना वढाइ शान्त समुन्नत नेपाल बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेको छ । उनले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने तथा यसबाट मुलुकमा राजनीतिक स्थायीत्व प्राप्त हुने विश्वास व्यक्तगरेकछिन् ।

आगामी दिनमा हुने मुलुकको विकास र समृद्धिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सके चौतर्फी प्रगती हुनेमा राष्ट्रपति भण्डारीको विश्वास रहेको छ ।


  •  
  •  
  •